मन्त्रिपरिषद्को बैठक अनिश्चित, आज तोकिएला निर्वाचनको मिति ?

मन्त्रिपरिषद्को बैठक अनिश्चित, आज तोकिएला निर्वाचनको मिति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनभित्र जेठ महिना मै स्थानीय तहको निर्वाचन गर्ने सहमति भए पनि मिति भने तोकिएको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको मिति तोक्ने आश्वाशन दिएका छन् । तर आज बस्ने नियमित मन्त्रीपरिषद्को बैठक बस्ने की नबस्ने भन्नेबारे टुंगो नलागेको स्रातले जनाएको छ ।

स्रोतका अनुसार हालसम्म बैठक कति बेला बस्ने भन्ने समय तोकिएको छैन् । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

यता नेकपा (एमाले)ले आज सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलन गर्ने चेतावनी दिएको छ । चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्ने एमालेले जनाएको छ । यदि सरकारले आज स्थानीय तहको मिति नतोके सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।