सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै, जेठ ४ भित्र चुनावको मिति घोषणा गर्ने तयारी

सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै, जेठ ४ भित्र चुनावको मिति घोषणा गर्ने तयारी


काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको विरोधका बावजुद प्रधानमन्त्री देउवाले  मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । भोलिको बैठकले नै स्थानीय तहको चुनाव जेठ ४ मा गर्ने निर्णय गर्नेछ ।