यी हुन मन्त्रिपरिषद् बैठकका १७ महत्वपूर्ण निर्णय

यी हुन मन्त्रिपरिषद् बैठकका १७ महत्वपूर्ण निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाइहरुको चालू आर्थिक वर्ष २०७६/७७ का लागि ८ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

यसैगरी झूटो विवरण पेश गरेर नागरिकता प्राप्त गर्ने जमालुदिन धुनियाको नागरिकता रद्ध गर्ने, १९ जिल्लाहरुमा प्रशासन सेवा समूहका कर्मचारीलाई सीडीओ तोक्ने, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ गते गर्नेलगायत निर्णय पनि सरकारले गरेको छ ।