काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । लगातार परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो क्षति पुर्याएपछि आज मन्त्रिपरिषद्को बैठक बसेको हो ।
स्राेतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा बाढी पहिरोले देशभर पुर्याएको क्षति तथा उद्धार, राहत र पुनःस्थापना लगायतका विषयमा छलफल भइरहेको छ ।




प्रतिक्रिया