काठमाण्डु- सत्तारुढ दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले मन्त्रीको टुंगो लगाउने निर्णय गरेको हो । नवनियुक्त मन्त्रीहरुले मंगलवार सपथ खाने कार्यक्रम छ ।
सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री र जसपाले २ वटा मन्त्रालय पाउने सहमति भएको छ ।
बैठकमा राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयनका विषयमा समेत छलफल भएको छ ।




प्रतिक्रिया