पार्टी कार्यालय विस्तार तथा व्यवस्थित गर्न माओवादीले पैसा संकलन गर्ने

पार्टी कार्यालय विस्तार तथा व्यवस्थित गर्न माओवादीले पैसा संकलन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्वस्थायी समिति सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै यस्तो निर्णय गरेको हो।

‘८ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागि एक नेताले भने ।  साथै, बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय पनि भएको छ ।