माओवादी बैठक : पदाधिकारी तत्काल टुंगो लगाउन प्रचण्डलाई दबाव

माओवादी बैठक : पदाधिकारी तत्काल टुंगो लगाउन प्रचण्डलाई दबाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । तीन दिनसम्म चल्ने बैठक आइतबार प्रज्ञा भवनमा सुरु भएको हो ।

जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिएका छन् ।प्रदेश तथा प्रतिनिधिसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले तत्काल पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरिएको हो ।

केन्द्रीय सदस्य लेखनाथ दाहालले चुस्त पार्टी संरचना बनाएर चुनावको तयारीमा जानुपर्ने स्थिति देखिएको बताए ।बैठकमा विभिन्न ९ एजेन्डामाथि छलफल भइरहेको छ । पहिलो एजेन्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, तेस्रो बैठक संचालन प्रक्रियाबारे अध्यक्षबाट ब्रिफिङ रहेकाे छ ।

त्यस्तै, बैठकमा प्रदेशका तर्फबाट प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने छन । उनीहरुका लागि १० मिनेट समय निर्धारण गरिएको छ । मधेश प्रदेशको हकमा इञ्चार्जले रिपोर्टिङ गरेका छन् ।

यसैगरि, संगठनात्मक विशेष एजेन्डा पनि राखिएको छ । यो एजेन्डामा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनलाई राखिएको छ । स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघको निर्वाचनबारे तयारीसमेत एजेन्डामा राखिएको छ ।

पुस १८ गते सम्पन्न भएको माओवादीको महाधिवेशनले पदाधिकारी चयन गर्न सकेको थिएन। महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको भए पनि अरु पदाधिकारी भने चयन गर्न सकेको थिएन ।