चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न माओवादीले बनायो समिति

चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न माओवादीले बनायो समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

जारी पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् ।

संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिनेगरी छानबिन समिति बनाउन लागिएकाे प्रचण्डले बताए । यस्तै, अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने प्रचण्डले जानकारी गराए ।