पोलिटब्यूरोमा प्रचण्ड परिवारका ४ सदस्य, परिवारबाद हावी भएपछि माओवादीमा खैलाबैला

पोलिटब्यूरोमा प्रचण्ड परिवारका ४ सदस्य, परिवारबाद हावी भएपछि माओवादीमा खैलाबैला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यको नामावलीमा नेताहरुले असन्तुष्टि जनाएका छन् ।

बिहीबार जारी बैठकमा अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो सदस्यको नाम पढेर सुनाएपछि काभ्रे जिल्ला र मधेश प्रदेशका नेताहरुले हलबाट असन्तुष्टि जनाएका हुन् । उनीहरुले बैठक रोकेर भए पनि प्रष्ट नाम सुनाउनुपर्ने भन्दै फ्लोरबाट दबाब दिएका थिए ।

नेता शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेर आए पनि माओवादीले आफूहरुको अवमूल्यन गरेको गुनासो राखे । साथै उनीहरुले पोलिटब्यूरो गठनको मापदण्ड के हो भन्दै प्रश्न गरेका थिए । पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट चार सदस्य परेका छन् ।

प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलोपटक बनेका छन् ।

बैठकमा विवाद बढेपछि अध्यक्ष प्रचण्डले अन्तिम नामावली तय गर्न एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।