काठमाण्डु – नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय समितिका बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको बताएका हुन् । प्रचण्डले आजको बैठकमा ४१ जना मध्ये १५ जनाको नाम भने प्रस्तुत गरेनन् ।
जसअनुसार स्थायी कमिटीमामा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहेका छन् ।
त्यसैगरी कही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको जनाइएको छ ।




प्रतिक्रिया