राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभाकोे बैठकमा माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी छन् ।

‘एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नुपर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयमा गम्भीर छानबिन गरियोस् । दोषीउपर कारबाही गरियोस्,’, उनले भनिन् ।

राष्ट्र बैंक ऐन, कर्मचरी नियमावली, गभर्नरको योग्यता लगायतका व्यवस्थाविपरीत गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभागमा सदस्य बनाइएको शर्माले बताएकी छन् ।