माओवादीले माग्यो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण

माओवादीले माग्यो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ ।

माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले नेताहरुको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेपछि पार्टी केन्द्रीय कार्यालयले पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन भनेको हो ।

सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, बर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ ।

यस्तै बैंक खाताको विवरण, धितोपत्र, नगद, सुन, चाँदी, हिरा, जवाहरातको परिणाम प्राप्त मिति र स्रोत पनि खुलाउन भनिएको छ ।