माओवादीका बागीलाई समय थप, निष्क्रिय बसेमा कारबाही फिर्ता हुने

माओवादीका बागीलाई समय थप, निष्क्रिय बसेमा कारबाही फिर्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन समयसीमा थप गरेको छ ।

माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो ।

माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रदान गरिएको छ ।