समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्र समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो । हालसम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख २९ हजार ७९१ मत पाएको छ ।