माओवादी केन्द्रका केन्द्रीय सदस्य बजगाइँ निलम्बित


काठमाण्डु – माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँलाई पार्टीले निलम्बन गरेको छ ।

पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा कार्यरत महिला कार्यकताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो ।

गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो । बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

उनी ४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनमा माओवादीबाट काठमाडाैं-३ का उम्मेदवार समेत बनेका थिए । पछि कांग्रेसका उम्मेदवारलाई पार्टी समर्थन गरेपछि उम्मेदवारी फिर्ता भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement