काठमाण्डु – माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सरकार परिवर्तनबारे छलफल गर्न बैठक बस्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे तीन दलबीच बैठक बसेर चाँडै निष्कर्षमा पुग्ने जानकारी दिए । उनले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्याउन छलफल भइरहेको बताए ।
बिहीबार कर्णाली प्रदेशस्तरीय महिला नेता/कार्यकर्ताको भेलालाई सुर्खेतमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले छिट्टै त्यसलाई निष्कर्षमा पुर्याइने बताए ।
‘सबै कुरा राख्न त भ्याउँदिन, अहिले नै नेपालगञ्ज हुँदै काठमाण्डु फर्किनुपर्ने छ,’ उनले भने, ‘भरे काठमाण्डुमा महत्त्वपूर्ण मिटिङ छ । तपाईंहरूलाई थाहा छ सरकार परिवर्तनको छलफल चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्याउनुपर्ने छ ।’
नेपाली कांग्रेसले प्रधामनन्त्री केपी शर्मा अोलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ । माअोवादी केन्द्रले समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन् ।




प्रतिक्रिया