काठमाण्डु- माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्नेबारे आधिकारिक निर्णय गर्ने भएको छ । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएर राष्ट्रपति निर्वाचनबारे निर्णय लिने तयारी गरेको हो ।
केही दिनमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने जनाइएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसलाई राष्ट्रपतिको निर्वाचनमा सघाउने बताउँदै आएपनि पार्टीले हालसम्म आधिकारीक निर्णय भने गरेको छैन । गत पुस १० गते नेकपा एमालेसँग भएको सहमतिबाट भने माओवादी पछि हटिसकेको छ ।
गत पुस १० गते नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलिय गठबन्धनबाट अल्गिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेको थिए । त्यसबेला प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिपति नेकपा एमालेलाई दिने सहमति भएको हो ।
तर, २६ पुसमा प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपति ताकेको प्रतिपक्षी कांग्रेसको मागअनुसार माओवादीले राष्ट्रपति एमालेलाई दिन आनाकानी गरिरहको छ ।




प्रतिक्रिया