माओवादीका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान

माओवादीका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए । उनीहरु आज छिन्दु प्रस्थान गरेको हो ।

भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।