काठमाण्डु- कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि माओवादी केन्द्रले फिर्ता लिएको हो । अब आफ्नै दलका नेतालाइ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ।
यसअघि जनता समाजवादी पार्टी (जसपा) कोशी सरकारबाट बाहिरिएको थियो। एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा गत पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए।




प्रतिक्रिया