काठमाण्डु- नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई हवीप लगाएको छ।
मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार ह्वीप जारी गरिएको बताएका छन्।




प्रतिक्रिया