लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र, दुई जना मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र, दुई जना मन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका हुन् ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजीनामा दिएका छन् ।

केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।