माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ । साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो ।