माओवादी पदाधिकारी बैठक मंगलबार बस्ने

माओवादी पदाधिकारी बैठक मंगलबार बस्ने


काठमाण्डु- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंगलबार (पुस ३) गते दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको सचिव गणेश साहले जानकारी दिए ।

बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुनेछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएकाे छ।