काठमाण्डु- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग गरेका छन् ।
मंगलवार पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रियसभा अध्यक्षको पद माओवादीले पाउनु पर्ने माग राखेका हुन् ।
बैठकपछि पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीलाई दिन पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनभित्र अडान राख्नुपर्ने आवाज बैठकमा उठेको बताए । त्यस्तै आजको बैठकमा पदाधिकारीसहित केन्द्रिय नेताहरूको कार्यविभाजनबारे छलफल भएको उनले जानकारी दिएका छन् ।




प्रतिक्रिया