काठमाण्डु – नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।
नेपाली कांग्रेससँग रुष्ट बनेका प्रचण्ड एमालेसँग मिल्ने तयारीमा छन् । हालको सत्ता गठबन्धनबाट अल्गिएर प्रचण्ड एमालेसँग नयाँ गठबन्धन गर्ने दाउमा छन् ।




प्रतिक्रिया