काठमाण्डु – माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई कारबाही गरेको छ ।
माओवादी केन्द्रले शुक्रबार अर्घाखाँचीका राष्ट्रियसभा सदस्य खड्काले दल त्याग गरेको पत्रसंसद सचिवालयमा दर्ता गरेको हो ।
राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् ।
उनी माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । यसअघि माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई हटाएको थियो ।




प्रतिक्रिया