काठमाण्डु – माओवादी केन्द्रले सबै वडा कमिटीमा ३५ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गर्न निर्देशन दिएको ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रदेखि वडा तहसम्म महिलाको अनिवार्य सहभागिता गराउनुपर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कमिटीमा उत्पिडित दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र प्रदेश, जिल्ला र सम्बन्धित पालिकाहरुबाट त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
पार्टीको सबै समितिहरूको पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने पनि निर्णय गरिएको छ ।
पार्टीका सबै कमिटीमा ४० वर्षभन्दा कम उमेरका युवा कम्तीमा २० प्रतिशत समावेश गर्ने निर्णय भएको उनले बताए । यो प्रक्रिया राष्ट्रिय महाधिवेशनपछि नभई अहिलेदेखि नै सुरू गरिने श्रेष्ठले बताए ।
माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।




प्रतिक्रिया