प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति बैठक स्थगित

प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण उपस्थित नहुने भएपछि बैठक स्थगन गरिएको हो ।

बैठक भोलि (शुक्रबार) माओवादी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।

उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो।

बैठकले पूर्वराष्ट्रपति नन्दकिशोर पुन र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि पदाधिकारी बनाउने बताइएको छ ।