माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण सुरु

माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको उद्घाटन गरेका छन् ।

कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट अध्यक्ष दाहालले अभियानको आज उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताए । उनले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताए ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले जनताको कुरा सुन्ने, दुःख, सुख बाँड्ने र उत्पीडनमा परेकाको अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताए ।

उनले विगतमा पार्टीले गरेको कमीकमजोरीलाई पाँच महिनासम्म स्थानीय तहदेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित जनतामा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताए ।