माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । माओपादी केन्द्रले बुधबार जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो ।

मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको हो ।

मौसम, वर्षा र बाढीपहिरोलाई ध्यानमा राखेर बुधबारदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका लागि स्थगित गरिएको माओवादीले जनाएको छ ।

मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको पहिलो चरण जेठ २ गतेबाट बैतडीको पाटन बजारबाट सुरु भएर पोखरामा आएर टुङ्गिएको थियो ।