माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटी बैठकका एजेण्डा लगायतमा छलफल हुने

माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटी बैठकका एजेण्डा लगायतमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो ।

माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न र पार्टीको विशेष अधिवेशन माग गर्दै ४ बुँदे प्रस्तावसमेत अघि सारेका छन् ।

उक्त विषयमा पनि छलफल हुने बुझिएको छ ।

माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो । उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ ।