काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भंग गर्दै आउँदो मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ।
शुक्रबार प्रज्ञा भवन कमलादीमा सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका अधिकांश प्रस्तावहरु स्वीकृत पनि भएका हुन् । अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरिएको हो ।
सो क्रममा अध्यक्ष प्रचण्डकै संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए । प्रचण्डले केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले पारित गरेको हो ।
‘जेनजी आन्दोलनलाई विकसित पारी यस स्थितीमा विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रीय समिति विगठन गरि आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्षलगायत सबै पदाधिकारीहरुको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा जेनजी लगायत युवाहरुको अधिकतम सहभागिताको लागि वातावरण तयार पार्ने निर्णय भएको सापकोटाले बताए ।
बैठकले पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने र युवाहरूलाई प्रथामिकता दिने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया