एकता सहमति अनुमोदनका लागि माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

एकता सहमति अनुमोदनका लागि माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो ।

तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो ।