काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
माओवादीका तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीको छनोट गर्न उक्त बैठक बसेको जनाइएको छ । सरकारमा हाल माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी छन् ।
माओवादीको भागमा कम्तीमा थप चार जना मन्त्री परेका छन् । केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्री चयनका लागि सकस भएको बताएका थिए ।




प्रतिक्रिया