एमाले प्रवेश गरेका चार जना नेताको सुनुवाई स्थगित

एमाले प्रवेश गरेका चार जना नेताको सुनुवाई स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेताहरुले दायर गरेको रिटको सुनुवाई स्थगित भएको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना एमाले नेताले दायर गरेको रिटको सुनुवाई स्थगित भएको हो । उक्त रिटको सुनुवाई न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएकाे थियाे ।

नेकपा एमालेमा प्रवेश गरेका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले दल त्याग नगरेको भन्दै सांसद पदमा पुर्नवहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमालेमा प्रवेश गरेका चार जना नेताहरुले आफुहरु माओवादी केन्द्रमै रहेको दावी गर्दै बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको थियो ।