माओवादीको सांगठनिक संरचना नेकपाकै जस्तो, उपमहासचिव पद थपियो (पूर्णपाठ)

माओवादीको सांगठनिक संरचना नेकपाकै जस्तो, उपमहासचिव पद थपियो (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको प्रस्तावित विधान साविक नेकपाकै विधानको निरन्तरता जस्तो देखिन्छ । नेकपा एमालेले अवलम्वन गरेका संगठनात्मक संरचना र ढाँचाहरूमा माओवादी केन्द्रको अन्तरिम विधानमा उल्लेख गरिएको छ ।

यसअघि विधानमा नरहेको उपमहासचिव पद थपेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

केन्द्रीय कमिटीबाट पारित भएपछि राष्ट्रिय अधिवेशनबाट अनुमोदन गरेर यो व्यवस्था कार्यान्वयन हुनेछ । केन्द्रीय कमिटीको एक तिहाइको पोलिट्ब्युरो र पोलिट्ब्युरोको एक तिहाइको स्थायी कमिटी बनाउने माओवादीको प्रस्ताव छ ।

शान्ति प्रकृयामा आईसकेको १४ वर्ष पछि माओवादीले अहिले पहिलो पटक व्यवस्थित ढंगले आफ्नो विधान मस्यौदा गरेको छ ।