काठमाण्डु – नेकपा माओवादी केन्द्रका केन्दीय सदस्यहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको नीति अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि समूहगत छलफलपछि ८ वटा टोली नेताले सुझाव पेस गर्ने क्रममा पार्टीको सो नीतिलाई अघि बढाउनुपर्ने बताएका हुन् ।
यस्तै भारतसँग भएका असमान सन्धि सम्झौताको खारेजी र कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा पार्टीले पहल लिनुपर्ने उनिहरुको सुझाव छ ।
त्यस्तै बैठकमा नेताहरूले एमसीसीको बारेमा माओवादीको असहमति जनताले बुझ्ने भाषामा आउनुपर्ने सुझाव पेस गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।




प्रतिक्रिया