एमालेमा माओवादी नेताको व्यवस्थापनः बादल उपाध्यक्ष, टोपबहादुरलाई उपमहासचिव बनाउने तयारी

एमालेमा माओवादी नेताको व्यवस्थापनः बादल उपाध्यक्ष, टोपबहादुरलाई उपमहासचिव बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा माओवादी केन्द्रबाट आएका तीन जना नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी भएको छ ।

आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको हो ।

स्रोतका अनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको सम्भावना छ ।

यस्तै माओवादी केन्द्रबाट आएका अन्य नेताहरुको व्यवस्थापन हुने भएको छ । सहमतिअनुसार माअ‍ोवादीले ३० केन्द्रीय सदस्य र ३ पदाधिकारी पाउने भएको हो ।