काठमाण्डु – नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै माओवादीले विभिन्न विभागको जिम्मेवारी टुंगो लगाएको हो ।
संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन् । नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ । यस्तै हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको प्रमुख बनेका छन् भने कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन भएका छन् ।
विभागमा पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय ए मिकरानी र भी चौलागाईँलाई लगायतलाई समेटिएको छ ।
कसले कुन विभाग पाए ?




प्रतिक्रिया