काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाण्डुमा सुरु भएको छ । सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।
सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू सहभागी छन् । त्यस्तै माओवादीको महाधिवेशनमा नेकपा एमालेका तर्फबाट एमाले महासचिव शंकर पोखरेल सहभागी भएका छन् ।
आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।




प्रतिक्रिया