सातौँ महाधिवेशनमा यस्तो थियो प्रचण्डको राजनीतिक प्रतिवेदन

सातौँ महाधिवेशनमा यस्तो थियो प्रचण्डको राजनीतिक प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौंमा जारी ८औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले शान्ति प्रक्रियापछिका कमीकमजोरी उल्लेख गरेका छन् । ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव गरेका छन् ।

२०–२५ माघ २०६९मा हेटौँडामा भएको सातौँ महाधिवेशनमा पार्टीको नाम एकीकृत नेकपा माओवादी थियो । अहिले माओवादी केन्द्र रहेको यो पार्टी तेस्रो दलमा खुम्चिएको छ । त्यतिखेर पनि प्रचण्डले पार्टीको कमीकमजोरी बारे उल्लेख गरेका छन् ।

त्यतिखेर प्रचण्डले भनेका छन्– शान्ति प्रक्रियामा प्रवेशको तयारी र यसको समग्र विकासका सन्दर्भमा पार्टी र मुख्य रुपमा मुख्य नेतृत्वबाट कैयौं गम्भीर गल्ती कमजोरी पनि भएका छन् । त्यस प्रकारका कमजोरीहरुको स्पष्ट किटान गर्नु र कमजोरीहरुबाट शिक्षा लिई अगाडि बढ्ने संकल्प गर्नु आज पार्टीका अगाडिको सर्वाधिक ठूलो चुनौती हो । यसलाई पार्टीले इमान्दारीपूर्वक स्वीकार गर्नु पर्दछ ।’

सातौँ महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनको पूर्णपाठ यस्तो थियो ।