सरकारमा रहेका मन्त्रीसँग ‘फेस टु फेस’ कुरा गर्न माअ‍ोवादी केन्द्रले बनायो कार्यदल

सरकारमा रहेका मन्त्रीसँग ‘फेस टु फेस’ कुरा गर्न माअ‍ोवादी केन्द्रले बनायो कार्यदल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माअ‍ोवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना मन्त्रीहरुसँग ‘फेस टू फेस’ कुरा गर्न कार्यदल बनाएको छ ।

स्थायी कमिटी बैठकले नेकपा खारेज भएपछि पार्टीमा नफर्किएका मन्त्रीसँग कुरा गर्न ३ सदस्यीय कार्यदल गठन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

कार्यदलमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेका छन् । माओवादी केन्द्रले अहिले नै मन्त्रीहरुलाई कारबाही नगर्ने भएको छ । नेता पुनले लिखित स्पष्टीकरण लिइसकेको भए पनि जवाफ नआएकाले भेटेरै कुरा गर्ने जानकारी दिए ।

‘पार्टीमा नफर्किनुभएका साथीहरूसँग कुराकानी गर्नका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ’, उनले भने, ‘एकपटक फेस टु फेस कुराकानी गर्नेछौं । ’

गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणिचन्द्र थापालगायत नेता माओवादी केन्द्रमा फर्किएका छैनन् । उनीहरुले सांसद पद गए पनि एमालेमा बस्ने बताउँदै आएका छन् ।