माओवादी महाधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक

माओवादी महाधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरू भएको छ । निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले १ हजार ७४२ जनाको नामावली सार्वजनिक गरेको हाे ।

सहमतिबाट नै केन्द्रीय सदस्यको टुंगो लगाउने प्रयास भइरहदा निर्वाचन आयोगले प्रकृया सुरू गरेको छ । माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । निर्वाचित केन्द्रीय समितिबाट अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।