माओवादीले तोक्यो प्रदेश १ का ८ जिल्लामा संयोजक, क-कसले पाए जिम्मेवारी ?


काठमाण्डु – नेकपा माओवादीले प्रदेश १ का विभिन्न आठ जिल्लामा संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको मंगलबार बसेको बैठकले खोटाङको संयोजकमा दीपक पाण्डेलाई चयन गरेको छ ।

त्यस्तै माओवादीले उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असीम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इन्द्र इम्सुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको छ ।

बैठकले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आव्हान गर्दै विजयी गराउने, पहिचानको आधारमा भएको प्रदेश २ को नामाकरणलाई स्वागत गर्दै प्रदेश १ को नामकरण पहिचानकै आधारमा गर्नका लागि चौतर्फी दबाब सिर्जना गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष देवान किराँती (पृथ्वी)ले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement