काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले यही फागुन ८ र ९ गते अनुपम फुडल्याण्ड बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।
दुई दिन चल्ने बैठकमा स्थानीय चुनावको तयारी, पार्टी पदाधिकारीलाई पूर्णता दिने र समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।
केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने तयारी छ । यसअघि गत माघ २८ र २८ गतेका लागि बोलाइएको बैठक एमसीसीका विषयमा विवाद बढ्दै जाँदा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।




प्रतिक्रिया