काठमाण्डु – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा केहि बेरअघिबाट सुरु भएको बैठकमा एमसीसीबारे छलफल भइरहेको बताइएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । बैठकले एमसीसीबारे निर्णय लिने बुझिएको छ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।
संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । तर, हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका छन् ।
संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ । यता माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् ।




प्रतिक्रिया