एमसीसीको ‘साइड इफेक्ट’: माओवादीमा विद्रोह सुरु, हजाराैं कार्यकर्ताले दिए राजीनामा

एमसीसीको ‘साइड इफेक्ट’: माओवादीमा विद्रोह सुरु, हजाराैं कार्यकर्ताले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्यागको घोषणा गरेका छन् । माओवादी केन्द्रको समर्थनमा अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरुको लहर चलेको छ ।

राष्ट्रघाती एमसीसी पास गर्न सहयोग गर्ने पार्टीमा बसिरहन आफ्नो नैतिकताले नदिने भन्दै हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका हुन् । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

त्यस्तै पार्टी परित्याग गर्नेमा पूर्वजनसेना कमाण्डर सुनिल धिमाल, कञ्चनपुरका वडा अध्यक्ष बहादुर सिंह महरा लगायत रहेका छन् । उनीहरुले राष्ट्रघाती एमसीसी पास गरेको भन्दै पार्टी परित्या गरेका हुन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने र पुनः प्रतिगमनकारी शक्ति (नेकपा एमाले) हावी हुने जोखिम देखिएपछि ‘व्याख्यात्मक घोषाणा’सहित एमसीसी अनुमोदन गर्ने बीचको बाटो अपनाइएको अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क छ ।

तर यसले नेता–कार्यकर्तामा विवाद र विभाजनको विद्रोह पैदा गराएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेल, लेखनाथ न्यौपानेले एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयप्रति असहमति जनाएका छन् ।

माओवादी केन्द्र निकट जनबर्गीय संगठनका नेता तथा कार्यकर्ताहरु एमसीसी पास गर्न नहुने भन्दै आन्दोलनरत थिए । तर आइतबार  ‘प्रचण्ड’ले सभामुख अग्नि सापकोटा र माधव नेपालहरुको पद जोगाउन भन्दै एमसीसी पास गर्न सहयोग गरेपछि माओवादीका हजारौं कार्यकर्ताले एकैपटक पार्टी छाडेका हुन् ।

धमाधम पार्टी परित्याग हुन थालेपछि अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले धैर्य गर्न अपिल गरेका छन् । ‘भावनात्मक आवेग र शीघ्र प्रतिक्रियाको पछि नकुदौं । ‘ड्यामेज कन्ट्रोल’को नीति लिदै परिस्थितिलाई सम्हालौं । पार्टीले खराव मध्यको राम्रो विकल्प प्रयोग गरेको हो । आज सदनमा भएका सबै विचार विमर्शलाई गम्भीरता र धैर्यतापुर्वक सुनौं,’ उनले भनेका छन् ।

सुरुमा एमसीसीका विपक्षमा उभिँदै युवा नेता तथा कार्यकर्तालाई सडकमै उतारेका माओवादी केन्द्रले गठबन्धन जोगाउन भन्दै अन्तिममा सम्झौता संसदबाट अनुमोदन गराएपछि धमाधम पार्टी नै छाड्ने हलर चल्न थालेका छन् ।