काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठको सम्बोधन सकिएसँगै आजको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा प्रचण्डले एमसिसीमा आफूले सोचविचार गरेर निर्णय गरेको बताएका थिए । यता, नारायणकाजीले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् ।
‘विवेक प्रयोग गरी वस्तुनिष्ठअनुसार अघि बढ्नुपर्यो । एतिहासिक मोडमा कसैले गम्भीर गल्ती नगरौँ । हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिको भयो । हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयो । दलाल तथा नोकर पुँजीवादीहरूको साँठगाँठ बढ्यो । २०५३ सालदेखिको सम्बन्ध प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड भन्नुभयो,’ उनले भनेका छन् ।




प्रतिक्रिया