नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादीको निर्णय

नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माआअ‍ेवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा विवादबारे फागुन २३ गते सर्वोच्चले गरेको फैसलाबारे पुनरावलोकनमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

आजै बिहान स्थायी समिति बैठकअघि माओवादीले कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतसँग छलफल गरेको थियो ।

त्यस क्रममा कानुनविद्हरूले नेकपा भंग गराउने सर्वाेच्चको फैसला सच्चिने गतिला आधार भएको तर्क गर्दै माओवादीलाई पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

अदालतको फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ । उनीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्ष निकालेको हो । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अहिले कुनै छलफल नगरेको पनि नेता गुरुङले जानकारी दिए ।

पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदाललते गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले र माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भनेर फैसला गरेपछि अहिले देशको राजनीति उथलपुथल भएको छ।