काठमाण्डु – नेकपा माओवादी केन्द्र दक्षिणकाली नगरपालिका वडा कमिटीले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आगामी कार्ययोजना तथा प्रतिवद्धता सार्वजनिक गरेको छ ।
नयाँ विकासको खाका कोर्ने अठोटका साथ दक्षिणकाली नगरपालिका–४ वडा कमिटीले निर्वाचन लक्षित आफ्ना आगामी योजना तथा प्रतिवद्धता सार्वजनिक गरेको हो । जसमा पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा लगायतका योजनाहरू समेटिएकाे छ ।
ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई स्थनीय स्वास्थ्य चौकीसँगको सहकार्यमा आवश्यकताअनुसार घरदैलोमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने वडा कमिटीले जनाएको छ ।
त्यस्तै कमिटीले वडामै आधारभूत तथा एसईई तहसम्मको खुल्ला महिला विद्यालय सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाएको छ ।





प्रतिक्रिया